Mundre Jokes लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं

मुन्द्रे पहिलो पटक ससुराल गएछ ससुराल पुग्दा मुन्द्रेको ससुरा ट्वाईलेट बाट ऐयाऐया भन्दै बाहिर निस्कियो॥
मुन्द्रे:    ससुरा बा हजुर बिरामी  हुनुहुन्छ कि क्या हो?
ससुरा: ज्वाई साप हजुरको मुखमा हिजो बान्द्रेको घरमा खसी काटेको थियो। हजुरको मुखमा मैले पनि  दुई                    किलो किनेर ल्याएको थिँए ॥ हजुरको मुखमा हिजो धेरै खाईएछ ॥ राती देखि हजुरको मुखमा छेर्दा छेर्दा            अहिलेसम्म हजुरको मुखमा चारचोटी छेरी सके॥

एक दिन मुन्द्रे पसलमा  साबुन,ब्रस, मन्जन किन्न गएछ
पसले: तपाईं कुन साबुन, ब्रस, मन्जन प्रयोग गर्नुहुन्छ?
मुन्द्रे: हिजो सम्म त भोकेको साबुन, भोकेको मन्जन , भोकेको ब्रस प्रयोग गर्थें।
पसले: छक्क पर्दै- यो भोकेको भन्ने ब्रान्ड त मैले आजै सुनेको, नयाँ ब्रान्ड हो कि क्या हो ?
मुन्द्रे: यो भोके भन्ने कुनै ब्रान्ड स्रांड होइन भोके बन्ने त मेरो भाई हो।
पसले: हँ ?
मुन्द्रे: अँ ।

मुन्द्रे एक समय एक बैंकमा काम गर्थ्यो । एक रात उसलाई सपनामा एउटा केटीले चप्पलै चप्पलले हिर्काएको  देखेछ, त्यसपछि उसले डराएर बैंकको जागिर नै छाडेछ र हास्यव्यंग्य तिर लागेछ किन भने उसले काम गर्ने बैंकको ब्यानरमा लेखिएको थियो>>तपाईंको सपनालाई 'हामी पुरा गर्छौ  ।

मुन्द्रे खसी बजारमा खसी किन्न भनेर गएछ ।
मुन्द्रे    : कति हो खसीको साहुजी ?
साहुजी : रु. ५०० मात्र हो ।
मुन्द्रे    : जम्मा ५००? लास्टै सस्तो रहेछ त….. किन हो?
साहुजी :  Chinese खसी हो, Guarantee छैन…… घर पुग्दासम्म भुक्न नि सक्छ ।

मुन्द्रे र भोके एक रेस्टुरेन्टमा 
मुन्द्रे: ओई भोके, कफी छिटो पिउ त चिसो हुनलाग्यो ।
भोके: चिसो भएर के हुन्छ त?
मुन्द्रे: बेबकुफ, मेनु हेर न, हट कफी २० रुपैया, कोल्ड कफी ४० रुपैया
         अहिले हट कफी सेलाएर कोल्ड भयो भने मैले ४० रुपैया तिर्नु पर्छ

मुन्द्रे :  डाक्टरसाप तपाइँले घरमै गएर बिरामीको उपचार गर्दा कति लिनुहुन्छ ?
डाक्टर: 300 लिन्छु ।
मुन्द्रे :  उसोभए झट्टै मेरो घरमा जाउँ त.! त्यसपछि डाक्टरले कार निकाले र दुबैजना मुन्द्रे को घर गए....
डाक्टर: खोई त बिरामी ?
मुन्द्रे :  यहाँ बिरामी कोहि पनि छैन, ट्याक्सी ड्राइभरलाई सोधेको त 500 लाग्छ भन्यो तर
          तपाईँ 300 मै मान्नुभो अनि तपाइँलाई यहाँसम्म ल्याएको ।

Doctor:   Do You exercise daily for good health?
Mundre:  I play football, cricket, daily.
Doctor:   how long do you play?
Mundre:  until d battery in my mobile goes down!!

मुन्द्रे जुत्ता पालिस गरिरहेको थियो । यो देखेर उसको  साथीले सोधेछ।
साथी:  तिमीले आफ्नो जुत्ता आफै पालिस गरेको ?
मुन्द्रे:  अँ म त आफ्नै जुत्ता पालिस गर्छु तिमी चाँही कसको जुत्ता पालिस गर्छौ त ?

Follow Us on Google Plus

Facebook, Twitter & Google +


....................................................................................

Advertisements

Gallery

Follow Us on Facebook

eXTReMe Tracker